
- महेश्वर के.सी.
काठमाडौँ । आज अन्तर्राष्ट्रिय बाघ दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । विश्वकै लोपोन्मुख प्राणी मानिने पाटे बाघका लागि नेपाल विश्वमै चिनिएकाे छ । नेपाल लगायत पूर्वी र दक्षिणी एसियाका १३ देशहरूमा मात्रै अहिले बाघ सीमित भएको बताइन्छ ।
बाघको संरक्षणमा नेपालले महत्वपूर्ण कदमहरु चालेको छ । सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यनजिक नेपाल रहेको छ र यसको अन्तर्राष्ट्रिय समुदायबाट समेत प्रशंसा भइरहेछ । १३ वटै मुलुकले यही लक्ष्य पछ्याइरहेका छन् । सन् १९७० देखि नै यी मुलुकले बाघ संरक्षण कार्यक्रमहरू अघि सारेका थिए । बाघकाे बासस्थान भएका १३ वटै मुलुकको एकतालाई उदाहरणीय मानिएको छ ।
बाघ दिवसको यसै सन्दर्भमा मैले केही समयअगाडि जावलाखेलस्थित चिडियाखानामा बाघका विभिन्न पाेज आफ्नो क्यामेरामा कैद गरेको सम्झना भयो । चिडियाखानामा हाल एक जोडी मात्रै पाटे बाघ संरक्षित छन् । त्याे सानाे बन्द घेराभित्र यस जाेडी बाघको आफ्नै खेल, आफ्नै दिनचर्या देखिन्छ । मानौँ, लुकामारी खेलेरै बित्दछ उनीहरूकाे दिनचर्या । हेराैँ केही तस्वीरहरू-