११ श्रावण २०७९, बुधबार

काठमाडौं । मंगलबार उच्च अंकले गिरावट भएको नेप्से परिसूचक बुधवार अन्तिम समयमा बृद्धि भएर कारोबार बन्द भएको छ । बुधबार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ विन्दूमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.५३ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अंक बढेको छ ।

बुधबार कारोबारमा आएका २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधवार फाइनान्स र हाइड्रोपावर कम्पनीहरुमा नै लगथानीकर्ताको बढी आकर्षण देखिन्छ । विकास बैंक,माइक्रोफाइनान्स र अन्य उपसमूहका कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण केही बढेको देखिन्छ ।

नेप्सेका १३ वटा उपसमूहमा व्यापार उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ । व्यापार उपसमूहको ०.५८ प्रतिशतले गिरावट आएको छ ।

बुधवार कारोबारमा आएका जानकी फाइनान्स, युनाइटेड मोदी र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेष्डो लघुवित्तको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ ।

बुधवार शिवम सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

LIVE TV