३ श्रावण २०७९, मंगलवार

काठमाडौं । अभिनेता रणवीर कपुर र आलिया भट्टको ‘ब्रह्मास्त्र’लाई लिएर दर्शकहरुमा क्रेज देखिएको छ । यो फिल्म सेप्टेम्बर ९ बाट दर्शकमाझ रिलिज हुँदैछ । दर्शकहरुले फिल्मको ट्रेलरलाई निकै रुचाइरहेका छन् । निर्माण पक्षका अनुसार यो फिल्म ३ भागमा रिलिज हुनेछ ।

यो वर्ष मात्र यसको पहिलो भाग रिलिज हुँदैछ, जसमा रणवीर कपूर शिवको भूमिकामा देखिनेछन् भने आलिया भट्ट ईशाको भूमिकामा देखिनेछन् । यसैबीच ‘ब्रह्मास्त्र–२’ मा दीपिका पादुकोणको प्रवेश भएको खबर बाहिरिएको छ ।
पार्वतीको भूमिकामा देखिने

‘ब्रह्मास्त्र–२’मा दीपिका पादुकोण स्पेशल हिस्सा बन्ने बताइएको छ । उनी पार्वतीको भूमिकामा देखिने भएकी छन् । पहिलो भागमा शिव र ईशाको कथा देखाइनेछ भने दोस्रो भागमा देव र पार्वती जोडिनेछन् ।

देवको भूमिकामा कसले अभिनय गर्ने हो ? रणवीर कपूर नै यस भूमिकामा हुनेछन् ? भन्नेबारे अहिले नै खुलाइएको छैन । तर, पार्वतीको भूमिकामा भने दीपिकाको नाम फाइनल भएको बताइएको छ । यसका लागि दीपिकाले पनि सुटिङ गरेको बताइएको छ ।

त्यसोत, ब्रह्मास्त्रको ट्रेलर रिलिज हुँदा ट्रेलरमा समेत दीपिकाको झलक देखिएको बताइएको थियो । त्यतिबेलादेखि नै उनले यो फिल्ममा अभिनय गर्ने अड्कलबाजी चलिरहेको थियो ।

त्यसोत, यसअघि पनि दीपिका र रणवीरले धेरै पटक सँगै स्क्रिन सेयर गरिसकेका छन् र हरेक फिल्म निकै हिट भएका छन् । उनीहरु वचना हे हसीनो, ये जवानी है दिवानी र तमाशामा सँगै देखिएका छन् । तीमध्ये तमाशाले औसत प्रदर्शन गरे भने अन्य दुई फिल्म निकै हिट भएका थिए ।

LIVE TV