२ श्रावण २०७९, सोमबार

काठमाडौं । ६०औं ईन्जिनियर दिवसको तयारी पुरा भएको छ। नेपाल ईन्जिनियर्स एशोसियसनले सोमबार पत्रकार सम्मेलन मार्फत सोको जानकारी दिएको हो। एशोसिएसनले मंगलबार राजधानीमा बिशेष कार्यक्रम र देशभर विभिन्न कार्यक्रमका साथ दिवश मनाउने तयारी गरेको हो।

एसोसियुनका अध्यक्ष डा। हरि दर्लामीका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मुख्य कार्यक्रम र प्रदेश राजधानी स्थित एशोसिएसनका प्रादेशिक तथा स्थानीय कार्यालयहरुमा रहेको धनगढी,सुर्खेत, बुटवल, पोखरा, हेटौडा, जनकपुर र बिराटनगर र स्थानीय केन्द्र वीरगज, हेटौडा, भरतपुर, दाङ, नेपालगजमा विविध कार्यक्रमहका साथ दिवश मनाउने तयारी रहेको छ।

नेपाल इन्जिनियर्स एशोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’को रुपमा विभिन्न कार्यक्रमका साथ मनाँउदै आएको छ। कार्यत्रमको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई सहभागी हुने कार्यक्रम रहको एसोसियसनले जनाएको छ।

दिवसको अबसरमा राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याउने इन्जिनियर र सस्थालाई ७ विधामा सम्मान गरिने कार्यक्रम रहेको छ। दिवसको पूर्व संध्यामा सबै प्रदेश केन्द्रहरुमा स्थानीय अनुकूलता अनुसार रक्तदान कार्यक्रम, वृक्षारोपण, सरसफाई, विविध खेलकूदका कार्यक्रमहरु सम्पन्न गरिएका थियो।

LIVE TV