१ श्रावण २०७९, आईतवार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भृकुटीमण्डपस्थित राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम र समाज कल्याण परिषदको आगलागी भएको गोदाम घरको अवलोकन गरेका छन् ।

आइतबार गृहमन्त्री खाँणले समाज कल्याण परिषद्को आगलागी भएको गोदामको अवलोकन गरेका हुन् । आगलागी भएको गोदामको अवलोकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री खाँणले परिषद्लाई चाँडै सरकारले सामग्रीहरु हस्तान्तरण गर्ने बताए ।

उनले कसरी आगो लाग्यो भन्ने बारेमा वास्तविकता पत्ता लगाइ राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको माध्यमबाट परिषद्लाई जलेका सामग्रीहरु दिने बताए । गृहमन्त्री खाँणले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट नै परिषद्को सामग्री व्यवस्थापन गरेर जलेर नष्ट भएका सामग्रीहरु परिषद्लाई चाँडै हस्तान्तरण गर्ने कार्ययोजना रहेको बताए ।

उनले भने, ‘कसरी आगो लाग्यो त्यसको छानबिन त हुन्छ नै । कोषलाई नेपाल सरकारले राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सामग्रीहरुको व्यवस्थापन गर्ने र सामग्रीहरु दिने कार्यायोजना छ । छिटै नै सामग्रीहरु हस्तान्तरण गर्नेछौँ ।’

गत बिहीबार समाज कल्याण परिषदको गोदाम घर र राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम घरमा आगलागी भएको थियो ।

LIVE TV