३२ असार २०७९, शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ ।

भारतीय जनता पार्टीको निमन्त्रणामा तीनदिने भ्रमणमा दिल्ली पुगेका अध्यक्ष प्रचण्डले विदेशमन्त्री जयशंकरसँग आज भेट गरेका हुन् ।

भेटका क्रममा विदेशमन्त्री जयशंकरले जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको बताइएको छ । प्रचण्डलाई दिल्लीमा स्वागत गर्न आफूलाई खुशी लागेको समेत उनले बताए ।

विदेशमन्त्री जयशंकरले नेपाल जहिले पनि भारतको प्राथमिकतामा रहेको बताउँदै ‘छिमेकी पहिलो’ नीतिलाई आत्मसात गरी नेपालको विकास र समृद्धि भारतको चाहना रहेको बताए । नेपालको विकासका लागि भारत भरपर्दो साझेदार रहने उनको प्रतिबद्धता थियो ।

LIVE TV