३१ असार २०७९, शुक्रबार

काठमाडाैँ । कान्ति बाल अस्पतालमा विगत लामो समयदेिख सञ्चालन हुँदै आएको दन्त्य चिकित्सा विभागले बालबालिका तथा किशोर-किशोरीमा हुने मुख तथा दाँतको समस्याको लागि केन्द्रिय प्रेषण विभागको रुपमा काम गरिरहेको छ ।

यो विभागमा आजका मितिवाट सेवाहरु वृहत रुपमा विस्तारित भएको छ , जसमा अत्याधुनिक इलेक्ट्रिकल डेन्टल चेयर, अत्याधुनिक प्रविधिको आरभिजी एक्सरे सेवा पनि विस्तार भएको छ ।

आज बिहान सम्पन्न उद्धाटन कार्यक्रममा कान्ति बाल अस्पतालका निर्देशक डा युवनिधी बस्यौलाले ‘हाल कान्ति बाल अस्पतालमा डेन्टल विधाका विभिन्न विशेषज्ञहरु पनि रहेको हुनाले सम्पुर्ण विशेषज्ञ सेवा विस्तार गर्न क्रमिक प्रयास गर्नेछ’ बताउनुभयो ।

उहाँले सेवा विस्तार र विशिष्टीकृत अस्पतालको रुपमै सेवाहरु विकास गर्न सम्पूर्ण कार्यरत डाक्टर तथा कर्मचारीहरुप्रति आभार पनि व्यक्त गर्नुभाे । डेन्टल विभागको विकासका लागि उत्कृष्ट नेतृत्व गरेकोमा विभागीय प्रमुख डा सोनी सुवेदीलाई विशेष धन्यवाद दिँदै उहाँले थप सेवा विस्तार गर्ने जानकारी दिनुभयो ।

हाल कान्तप बाल अस्पतालमा वरिष्ठ  कन्सल्टेन्ट डेन्टल सर्जन (प्रोस्थोडोन्टिस्ट) डा सोनी सुवेदीसहित पेरियोडोन्टिस्ट, अर्थोडोन्टिस्ट , पेडियाट्रिक डेन्टिस्ट्, इन्डोन्टिस्ट विषयका विशेषज्ञ चिकित्सक र डेन्टल सर्जनहरु कार्यरत हुनुहुन्छ ।

LIVE TV