३१ असार २०७९, शुक्रबार
  • अनमोल कार्की

 राैतहट । बिहीबार बागमती नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका २ बालकहरू शव फेला परेको छ। बिहीबार बिहान विद्यालय जाने क्रममा ६ जना बालकहरू दुर्गा भगवती गाउँपालिकामा रहेको बागमतीमा पौडी खेल्न ग‌एकाको २ जना नदीमा डुबेर हराइरहेका थिए ।

लामो समयसम्म बालकहरू घर नफर्किएपछि अभिभावक र स्थानीयले खोजतलास गर्दा बागमती नदीको किनारमा उनीहरुले प्रयोग गरेका लुगा, साइकल , पाठ्यपुस्तक, चप्पल लगायतका सामाग्रीहरु फेला परेपछि सुरक्षाकर्मीको सहयोगमा बागमती नदीमा खोजतलास सुरु गरेको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिए ।

अध्यक्ष सिंहका अनुसार साथीहरु नदीमा हराएका डराएर लुकेर बसेका ६ जनामध्ये ४ जना दुई घण्टापछि अभिभावकको सम्पर्कमा आएका थिए भने हराएका २ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बिहीबार राति अबेरसम्म खोजतलास गर्दा केही नभेटिए पछि शुक्रबार बिहानैदेखि खोजतलास गरिएको थियो । सोही क्रममा शुक्रबार बिहान हराइरहेका २ जनाको बालकको शव फेला परेको हो ।

ज्ञानोदय ईगलिश बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नम्बर २ भलोहियाका १३ वर्षिय आदित्य दासको शव फेला परेको अध्यक्ष सिंहले जानकारी दिए ।

घटनास्थलमै रहेका दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष डिके झाका अनुसार हराइरहेका बालकहरूको शव हराएको स्थानबाट करिब ३ किलोमिटर टाढा बेग्लाबेग्लै स्थानमा फेला परेको थियो। एकजना शव मत्सरी र एकजनाको वडर्वामा फेला परेको हो । २ बालकहरूको मृत्यु पछि दुर्गा भगवती गाउँपालिका पुरै शोकमग्न भएको उनले बताए ।

LIVE TV