
- युवराज आचार्य,
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अब नेपालमा बनेको पोशाक मात्रै लगाउने घोषणा गरेका छन् ।
बिहीबार झापाको विर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वसञ्चारकर्मी समेत रहेका अध्यक्ष लामिछानेले अबदेखि नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न नेपाली पोषाकमात्रै लगाउने निर्णय गरेको बताए ।
संगठन बिस्तारका लागि देश दौडाहमा रहेका उनले भने, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा स्थानीय व्यपारमा टेवा पुग्ने छ । नेपाली श्रमको समेत सम्मान हुनेछ ।’
साथै स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने उनले प्रतित्रद्धता जाहेर गरे ।