३० असार २०७९, बिहीबार

काठमाडौं । बलिउड अभिनेत्री नितु चन्द्रा यतिबेला ठूलो पर्दाबाट टाढा छन् । उनी ‘ओए लक्की लक्की ओए’, ‘गरम’, ‘मसाला’, र ‘१३बी’ लगायतका फिल्ममा देखा परेकी थिइन् । अभिनेत्री नीतु चन्द्राले बलिउड फिल्म उद्योगमा आफ्नो स्थान बनाउन निकै संघर्ष गरेकी थिइन् ।

उनले अहिले आएर पहिले करियर बनाउने बेलाको आफ्नो संघर्षरत जीवनसँग जोडिएको तीतो अनुभव सेयर गरेकी छन् । अभिनेत्री नीतु चन्द्राले एक पटक एक व्यापारीले आफूलाई ज्यालादारी श्रीमती बन्ने (पैसाले श्रीमती बन्ने) प्रस्ताव गरेको बताएकी छन् । उक्त व्यापारीले अभिनेत्रीलाई मासिक २५ लाख रुपैयाँमा ज्यालादारी श्रीमती बन्न प्रस्ताव गरेका थिए ।

अभिनेत्री नीतु चन्द्राले भर्खरै अंग्रेजी वेबसाइट बलिउड हंगामामा एक अन्तर्वार्ता दिएकी थिइन् । उक्त अन्तर्वार्तामा उनले आफ्नो फिल्मी करियर बाहेक आफ्नो पर्सनल लाइफका धेरै कुरा गरेकी छन् । जहाँ उनले आफ्ना कठिन दिनहरू सम्झँदै एक व्यापारीको आफूलाई ज्यालादारी श्रीमती बन्न प्रस्ताव गरेको खुलासा गरेकी हुन् ।

उनले भनेकी छन्, ‘मेरो कथा एक ट्राभल आर्टिस्टको असफल कथा हो । मैले १३ राष्ट्रिय पुरस्कार जितेको छु र ठूला फिल्ममा अभिनय पनि गरेकी छु । तर अहिले मसँगै उही काम छ ।’

अभिनेत्रीले थप भनिन्, ‘एक ठूला व्यापारीले मलाई महिनामा २५ लाख रुपैयाँ दिने बताए । यदि म उसको ज्यालादारी श्रीमती बन्न चाहेमा । मसँग न पैसा छ न काम नै । मलाई डर लाग्न थाल्यो । यति धेरै काम गरेपछि पनि मलाई यहाँ कसैको आवश्यकता छैन जस्तो लाग्थ्यो । एक कास्टिङ डाइरेक्टर आफैमा ठूलो नाम हो, तर म नाम लिन चाहन्न । अडिसन दिएको एक घन्टापछि उनले मलाई काम नगर्ने बताए ।’

मैले उनको ज्यालादारी श्रीमती बन्ने अफर अस्वीकार गरेको कारण मसँग काम नगर्ने उनले उदघोष गरेका थिए । यस बाहेक नीतु चन्द्राले अरु धेरै काम गरिसकेकी छन् । हालै उनी हलिउड फिल्म नेवर ब्रेकडाउनस् रिभोटबाट अभिनयको दुनियामा फर्किएकी छिन् ।

यसअघि नीतु चन्द्रा सन् २०१७ मा दुईवटा तमिल फिल्ममा देखिएकी थिइन् । उनले बलिउडमा आफ्नो करियरको सुरुवात सन् २००५ मा अभिनेता अक्षय कुमार र जोन अब्राहम स्टारर फिल्म ‘गरम मसाला’बाट गरेकी थिए ।

LIVE TV