३० असार २०७९, बिहीबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभूवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र बाहिर ल्याउने व्यक्तिहरुलाई तत्काल कारबाही गर्नुको विकल्प नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्थास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले त्रिभूवन विश्वविद्यालयले लिने परीक्षा पत्रमा यस्तो लापरबाही हुनु राम्रो नभएको भन्दै प्रश्नपत्र बाहिर ल्याउन संलगग् सबैलाई तत्काल कारबाही गरिने बताए । उनले अब त्रिभूवन विश्वविद्यालयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले त्रिभूवन विश्वविद्यालय उच्च शिक्षा अध्ययन गर्ने ८० प्रतिशत विद्यार्थी अध्ययन गर्ने भएकाले पनि प्रश्न उठ्ने गरेको बताए । उनले भने, ‘संसदमा सांसदहरुको उठाएका प्रश्नहरुमा हामी गम्भीर भएर छलफल गरिरहेका छौं । त्रिभूवन विश्व विद्यालयलाई नै हामीले पुनःसंरचना गरेर अगाडि नबडाउँदासम्म उच्च शिक्षाको ८० प्रतिशत व्ययभार व्यहोरेको हुँदा अरु विश्व विद्यालय ठूलो नभएकाले उनीहरु माथि प्रश्न उठ्दैन ।’

उनले थपे, ‘त्रिभूवन विश्वविद्यालय ठूलो भएकाले प्रश्न उठ्छ । अरु विषयमा पदाधिकारीहरुसँग छलफल गर्दा हुन्छ । अहिले प्रश्नपत्रको विषय राख्नुभएको छ । को–को संलग्न छन् । कानून अनुसार प्रश्नपत्र बाहिर ल्याउनेलाई तत्काल कारबाही गर्नुको विकल्प छैन । बाहिर प्रश्नपत्र प्रमाणपत्र बनाएको भेटिएमा तत्काल कारबाही अगाडि बढाएका पनि छौं । त्यो गर्न गम्भीर अपराध हो । अहिले तत्काल कारबाही गरौं ।’

LIVE TV