३० असार २०७९, बिहीबार

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । उपसभामुखका लागि प्रमख प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि उम्मेदवारी दिने भएको छ ।

LIVE TV