२८ असार २०७९, मंगलवार

एजेन्सी । अधिकांश महिलाहरुले अरु भन्दा आफू धेरै सुन्दर हुनुपर्छ÷देखिनुपर्छ भन्ने मानसिकता बोकेकै हुन्छन् । उनीहरु आफूलाई सुन्दर देखाउनकै लागि विभिन्न किसिमका मेकअप गर्ने गर्छन् । साथै सुन्दरताकै लागि प्लास्टिक सर्जरीसमेत गर्ने गरेका छन् । यसरी आफू सुन्दर बन्नकै लागि महिलाहरु कुन हदसम्म गिर्नसक्छन् भन्ने कुरा दक्षिण रुसको एउटा घटनाले प्रष्ट पारेको छ ।

दक्षिण रुसकी एक आमाले आफूलाई सुन्दर बनाउनकै लागि आफ्नो ६ दिनको नवजात शिशु (छोरा)लाई नै बेचेकी छन् । उक्त महिलाको परिचय भने गोप्य राखिएको बताइएको छ । बच्चा (छोरा) बेचेको पैसाले उक्त महिलाले आफ्नो नाकको शल्यक्रिया गराएकी छन् ।

उक्त महिला (आमा)लाई आफ्नै सन्तान बेचेर आफ्नो सौन्दर्य बढाउन खोजेको आरोपमा दक्षिण रुसबाट पक्राउ गरिएको हो । यो घटना दक्षिण रुसको दागेस्तान क्षेत्रको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त आमा (महिला)ले आफ्नो बच्चालाई ३ हजार पाउण्डमा विक्री गरेकी थिइन् ।

समाचारमा उल्लेख गरिए बमोजिम उक्त शिशु अर्काको घरमा पुग्ने वित्तिकै विरामी भएका थिए । किन्नेहरूले शिशुको मेडिकल रिपोर्ट मागेका थिए, तर उनले दिन अस्वीकार गरेकी थिइन् । उक्त महिला (आमा)लाई किस्ता–किस्तामा उक्त रकम दिने सम्झौता भएको थियो । उनीहरु (शिशु किन्ने)ले अभियुक्त आमालाई १,३७० पाउण्ड (दोसा्रे किस्ता) अर्को महिना दिने सम्झौता गरेका थिए । जसको कारण उनले आफ्नो कुरूप नाकलाई सुन्दर बनाउन सक्थिन् ।

तर, बच्चा किन्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेसँगै उनीहरुले प्रहरीलाई सबै कुरा बेली बिस्तार लगाएपछि घटना बाहिरिएको हो । न्युज फ्लासको रिपोर्टका अनुसार रुसी संघको अनुसन्धान समितिले एक विज्ञप्तिमा आरोपी आमाविरुद्ध फौजदारी मुद्दा दर्ता गरी यस विषयमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

अनुसन्धानका अनुसार ती महिलाले २५ अप्रिल २०२२ मा बच्चा जन्माएकी थिइन्, भने ३० अप्रिलमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यही समयमा उनले सन्तान बेचेर पहिलो किस्ताको पैसा लिएकी थिइन् ।

LIVE TV