२७ असार २०७९, सोमबार

काठमाडौँ । सवारी चालक अनुमति पत्र वितरणमा अनियमितता र लापरबाही भएको भन्दै युवा संघ नेपालले यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ ।

ब्यानरसहित नाराबाजी गर्दै युवा संघका नेता कार्यकर्ताहरुले आज एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेका हुन् । साथै अनुमति पत्र वितरणमा अनियमितता भएको, लापरबाही र ढिलासुस्तीका कारण सेवाग्राही मर्कामा परेको भन्दै उनीहरुले कार्यालयमै पुगेर ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले ‘ढुंगे युगको अनलाइन फारमः भर्नेलाई भन्दा हेर्नेलाई शरम’ लगायत नारा लगाएका थिए । यातायात कार्यालयमा बिचौलियामार्फत हुने सास्ती कम गर्न, समयमै सवारी चालक अनुमति पत्र दिने व्यवस्था गर्न र अनुमत्री पत्र नवीकरणमा हुने गरेको ढिलासुस्ती अन्त्य गर्न माग समेत गरिएको छ ।

तस्वीर : महेश्वर के.सी./न्यूज २४

LIVE TV