२६ असार २०७९, आईतवार

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ७०० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ६८७ पुगेको छ । हाल नेपालमा ६ सय ७८ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

LIVE TV