२४ असार २०७९, शुक्रबार
  • राज दयाल,

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ५ स्थित वर्णालुका कृषकहरुले आफूहरुले उत्पादन गरेको कृषी उपज सहजै विक्री गर्न नपाएको गुनासो गरेका छन् । ओखलढुंगा उद्योग बाणिज्य संघले नगरपालिकाको सहयोगमा आज (शुक्रबार) आयोजना गरेको कर शैक्षिक कार्यक्रममा सहभागी कृषकहरुले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले आफूहरुले उत्पादन गरेका विभिन्न कृषी उपजहरु शनिबारे तथा बुधबारे हटियामा बेच्न लैजाँदा बसेर बेच्ने स्थान नै नपाउने गरेको बताएका छन् । तराईका जिल्लाहरुबाट तरकारी तथा फलफूल ल्याएर हटियामा विक्री वितरण गर्ने व्यापारीहरुले धेरै क्षेत्रफल ओगटेर बस्ने गरेकाले आफूहरुलाई थोरै ठाउँ पाउन पनि मुस्किल हुने गरेको उनीहरुको भनाइ छ ।

हाटकर भने सबैले तिर्नुपर्ने तर ठूला ब्यापारीलाई मात्रै विक्री वितरणका लागि सहज रुपमा स्थान उपलब्ध हुने गरेको उनीहरुको आरोप छ । यस्तै उनिहरुले हटिया लाग्ने स्थानमा ब्यवस्थित चिस्यान केन्द्रको स्थापना गर्न समेत नगरपालिका संग माग गरेका छन् । जसले गर्दा आफूहरुले बिक्री बितरणका लागि हटियामा लगेका कृषी उत्पादन बिक्री नभएको खण्डमा सोहि स्थानमा ब्यवस्थित तरिकाले राख्न र पुन विक्री गर्न सहज हुने उनीहरुको प्रतिक्रिया छ ।

कार्यक्रममा सहभागी सिद्धिचरण नगरपालिकाका कर शाखा प्रमुख शिब प्रधान, ५ नम्बर वडा अध्यक्ष डिल्लीशेर राई, उद्योग वाणिज्य संघ अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के लगायतले कृषकहरुको समस्या समाधानका लागि आफुहरुले सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।
कार्यक्रममा कर शाखा प्रमुख प्रधानले कृषकहरुलाई करको प्रकार, विषय, करको लाभ आदिबारे जानकारी गराएका थिए ।

 

LIVE TV