२३ असार २०७९, बिहीबार
  • राज दयाल,

ओखलढुंगा । पाखा बारीको डिलबाट लडेर एक पुरुषको ज्यान गएको छ । लडेर ज्यान गुमाउनेमा जिल्लाको मोलुङ गाउँपालिका–८ सेरबानी निवासी ५१ वर्षीय युवराज राई रहेका छन् ।

आज (बिहीबार) बिहान आफ्नै पाखा पारीको गोठमा उनि गाईबस्तुलाई घाँस दिन गएका थिए । सोही क्रममा पाखो बारीको डिलबाट लडेर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुशार मृतक राई बारीको डिलबाट झन्डै ५० मिटर तल खसेका थिए । हाल कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टम पश्चात शव परिवालाई जिल्ला लगाइसकेको प्रहरीले जनाएको छ ।

LIVE TV