२३ असार २०७९, बिहीबार

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५१५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ३८४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६३५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५९८ पुगेको छ । हाल नेपालमा ५ सय ८ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

LIVE TV