२२ असार २०७९, बुधबार

काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएकी छन् । मंगलबार राति काठमाडौंमा सदीक्षाले आफ्नो प्रेमी राहुल मोक्तानसँग विवाह गरेकी हुन् ।

सदीक्षा र राहुलले नेवारी परम्पराअनुसार विवाह गरेका हुन् । विवाह समारोह अगाडि सदीक्षा र उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए ।

नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा उनीहरुको विवाह सम्पन्न गरिएको थियो । राहुल जिमखाना सञ्चालक हुन् । सदीक्षा र राहुल केही वर्ष अगाडिदेखि प्रेमसम्बन्धमा थिए ।

पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए ।

LIVE TV