२२ असार २०७९, बुधबार

काठमाडौं । गणपति बनस्पति प्रा.लि. द्वारा उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको रामदेव तेलले लक्की ड्र मार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको छ ।

आम सर्बसाधरण एवं उपभोक्तासँग अन्र्तक्रिया गर्ने उदेश्यले लागू गरिएको भ्यालेन्टाइन योजना, सेयर एण्ड विन योजना तथा एन्सर एण्ड विन योजनमा सहभागी भई लक्की ड्र मार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको हो ।

यस प्रतियोगितामा भाग लिई विजेता प्रतियोगीहरुमध्ये ६ जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल, आइरन, पानी तताउने इलेक्ट्रिक केटल, माइक्रोवेभ ओभन, राइस कुकर, मिक्सर १÷१ जनाले प्राप्त गरेका छन् ।

उक्त विजेताहरुलाई रामदेव तेलका आधिकारिक बिक्रेता रानीसती इन्टरनेशनलका प्रबन्ध निर्देशक एवं व्यवसायी ओम बन्सल, निर्देशक पवन बन्सल तथा कम्पनीका मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

गणपति वनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफ्लावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा विक्री बितरण गर्दै आइरहेको छ ।

 

LIVE TV