२१ असार २०७९, मंगलवार
  • रितिक अधीकारी,

सर्लाही । हरिवन प्रहरीले लुकाई छिपाई राखेको पेस्तोल र गोलीसहित एक जना पुरुषलाई पक्राउ गरेको छ । मंगलबार हरिवन नगरपालिका–११ बस्ने ४३ ववर्षीय छोटेलाल दासलाई एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित हरिवन प्रहरीले पक्राउ गरेको छ ।

दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले सञ्चालन गरेका किराना पसलबाट उक्त हतियार बरामद भएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । बिशेष सुराकीको आधारमा हरिवन प्रहरीले दासको किराना पसलमा खानतलासी गरेको थियो ।

बरामद पेस्तोल र गोलीसहित दासलाई प्रहरिले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

LIVE TV