२१ असार २०७९, मंगलवार

एजेन्सी । कर्नाटककी सिनी शेट्टीले ‘मिस इन्डिया वल्र्ड-२०२२’ को उपाधि जितेकी छन् । सिनी शेट्टीले ३१ जनालाई पराजित गर्दै ‘मिस इन्डिया वल्र्ड–२०२२’ को उपाधि जितेकी हुन् ।

त्यस्तै, राजस्थानकी रुबल शेखावत फस्ट रनरअप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेन्ड रनरअप घोषित भएका छन् । हरेक पटक जस्तै यस पटक पनि ‘मिस इन्डिया’को प्रतियोगिता निकै कठिन र रमाइलो रह्यो । यस पटक जजहरूको प्यानलमा मलाइका अरोरा, नेहा धुपिया, डिनो मोरिया, राहुल खन्ना, रोहित गान्धी र शामक डाबर थिए ।

 

 

View this post on Instagram

 

A post shared by Femina Miss India (@missindiaorg)

उनीहरुका साथै बलिउड सेलिब्रेटीहरु पनि कार्यक्रममा सहभागी भएका थिए । यस पटक मिस इन्डियाको फाइनल मुम्बईको जियो वल्र्ड कन्भेन्सन सेन्टरमा भएको थियो । मिस इन्डिया २०२१ की विजेता मानसा वाराणसीले मिस इन्डिया-२०२२ सिनी शेट्टीलाई ताज पहिराएकी थिइन् ।

सिनी शेट्टी, रुबल शेखावत, शिनाता चौहान, प्रज्ञा अय्यागरी र गार्गी नन्दी टप ५ मा परेका थिए । विजेता चुनिएपछि सिनी शेट्टीको अनुहारमा निकै खुशीको लहर छाएको थियो । उनलाई अन्य प्रतियोगीहरुले पनि जितका लागि बधाई दिएका थिए ।

सिनी शेट्टीले हाल चार्टर्ड फाइनान्सियल एनालिस्ट (सीएफए) कोर्स गरिरहेकी छन् । उनले लेखा र वित्तमा स्नातक डिग्री गरेका छन् । उनी नाच्न पनि निकै मन पराउँछन् र भरतनाट्यम पनि सिकेका छन् । उनले चार वर्षको उमेरमा नाच्न थालेकी थिइन् । २१ वर्षीया सिनी शेट्टी कर्नाटककी भएपनि उनको जन्म मुम्बईमा भएको थियो ।

LIVE TV