२१ असार २०७९, मंगलवार
  • महेश्वर के.सी.

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेनिकट भातृ संगठन युवा संघले बजेट निर्माण गर्दा बिचौलिया प्रयोग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौंको सिंदरबारस्थित हनुमानस्थानमा विभिन्न प्लेकार्डसहित युवा संघका प्रदर्शनकारीहरु अर्थमन्त्री शर्माविरुद्ध उत्रिएका हुन् ।

प्रदर्शनकारीहरुले अर्थमन्त्री शर्माको राजीनामा समेत माग गरेका छन् । ‘सीसीटिभी फुटेज खाने अर्थपूर्ण मुसा,’ ‘सेतो जुँगा कालो मन, देश डुबाउने नै हो भन,’ ‘अर्थमन्त्रीज्यू यो के हो, कालो कर्तुत हो,’ ‘जनार्दन कि धनार्जन ?,’ लेखिएको प्लेकार्डसहित प्रदर्शनकारीहरु शर्माविरुद्ध उत्रिएका छन् ।

LIVE TV