२१ असार २०७९, मंगलवार
  • दान बहादुर बुढा,

मुगु । कर्णाली प्रदेशकै मुख्य पर्यटकीय क्षेत्र रारा तालमा ‘दोस्रो रारा म्याराथन’ प्रतियोगिता हुने भएको छ । मुगुको श्रीबक्स गुल्म हुटु ब्यारेकले यही असार २२ गते (भोलि) मुगुको रारा ताल किनारमा ‘दोस्रो रारा म्याराथन’ सञ्चालन गर्न लागेको हो ।

श्रीबक्स गुल्म हुटु ब्यारेकका गुल्मपति सेनानी झलक लामाका अनुसार चाँदीको कचौरा जस्तो ‘रारा ताल’को प्रचार–प्रचार गर्न, दौड प्रतियोगितामार्फत् राष्ट्रिय र जिल्ला स्तरका खेलाडी उत्पादन गर्नुका साथै रारा तालको संरक्षणमा सचेतना तथा एकता बढाउनका लागि १५ किलोमिटरको ‘दोस्रो रारा म्याराथन’को आयोजना गरिएको हो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने (महिला र पुरुष)लाई मेडल, प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिने भएको छ । त्यस्तै प्रतियोगितामा सहभागी सबैलाई प्रमाण–पत्र दिनुका साथै ५ लाखसम्मको उपचार बीमा गरिने भएको छ ।

नेपाली सेनाले मुलुकको सीमा, विपदमा परेका नागरिकको उद्दार गर्नुका साथै पर्यटकीय क्षेत्रहरुको विभिन्न माध्यमबाट प्रचार–प्रचार गरी स्थानीयहरुको आय–आर्जनमा टेवा पुग्ने कामसमेत गर्दै आएको छ ।

 

 

 

LIVE TV