२१ असार २०७९, मंगलवार

तम्घास । चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ ।

घरमा सुतिरहेका विष्ट आज बिहान ४ बजे चट्याङ लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो ।

उपचारकै क्रममा बिहान १०ः३० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

LIVE TV