२१ असार २०७९, मंगलवार

काठमाडौं । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बस्दैछ ।

तीन बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक नियमित कार्यक्रमअनुसार नै बस्न लागिएको बताइएको छ ।

अर्थमन्त्री जर्नादन शर्माले बजेट निर्माण गर्दा बिचौलिया प्रयोग गरेको भन्दै प्रतिपक्षी दल र शर्मालाई हटाउन चौतर्फी दबाब आइरहेको छ । यहिँ अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक डाकेको छन् । मन्त्रिपरिषद्को बैठकपछि गठबन्धनका शीर्ष नेताहरुबीच भेटघाटको कार्यक्रम रहेको छ ।

LIVE TV