२० असार २०७९, सोमबार

काठमाडौं । काठमाडौं लैनचोरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

सोमबार विहान ९ बजेतिर दूतावासमा कार्यरत सुरक्षाकर्मी ३२ वर्षीय दीपक सिंहले आफ्नो साथमा रहेको इन्सास राइफलले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । के कारणले उनले आफैँलाई गोली हाले भन्नेबारे अनुसन्धान भइरहेको पनि बताइएको छ ।

LIVE TV