२० असार २०७९, सोमबार
  • मनिराज पाण्डे

कालिकोट । अन्तरजिल्ला सुरक्षा बैठक मुगुको रारामा सम्पन्न भएको छ । बैठकमा कालिकोट, जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो ।

बैठकमा शान्ति सुरक्षा, विपद व्यवस्थापन, जडिबुटी चोरी निकासी नियन्त्रण, कर्णाली राजमार्ग, कर्णाली कोरीडोर लगायतका अन्य सडकहरूको सहज यातायात आवागमन, अपराध अनुसन्धान लगायतका विषयमा छलफल भएको बताइएको छ । एक आपसमा सूचना आदान प्रदान गरि समन्वयात्मक रूपमा कार्य गर्न जुम्लाको खलंगा र मुगुको रारामा बैठक सम्पन्न भएको हो ।

LIVE TV