१९ असार २०७९, आईतवार

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । आइतबार एमालेको केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी रहेका छन् । प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको निर्वाचनको क्रममा भएको अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै एमालेमा परेको उजुरीको छानबिन गर्न र कारबाहीको सिफारिस गर्ने उपाध्यक्ष पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको जानकारी गराए ।

गुरुङले भनेका छन्, ‘एमालेको केन्द्रीय सचिवालयको बैठकले पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभागका प्रमुख तथा संगठन विभागका प्रमुख सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।’

LIVE TV