१८ असार २०७९, शनिबार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

थप कोरोना संक्रमितसँगै देशभर कोरोना सक्रिय संक्रमितको संख्या ३१४ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल ३०७ जना होम आइसोलेसन र ७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 

LIVE TV