१८ असार २०७९, शनिबार

काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

शनिबार ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले नेपालमा साफ आयोजना गर्ने निर्णय गरेको हो ।

साफ प्रतियोगिता भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुने भनिएको छ । साफको बैठकले काजी मोहम्मद सलाहुद्दिनलाई नै पुनः दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

LIVE TV