१७ असार २०७९, शुक्रबार

काठमाडौं । काठमाडौँको कोटेश्वरमा रहेको काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयले आफ्नो स्थापनाको २४ वर्ष पूरा गरेर २५औं वर्षमा प्रवेश गरेको छ । आज कमलादीस्थित राष्ट्रिय प्रज्ञा—प्रतिष्ठानमा एक भब्य समारोहका बीच विद्यालयले २५औँ वार्षिकोत्सव मनाएको छ ।

२०५५ सालमा काठमाडौँ डोन बस्को उ.मा.वि.को नामले स्थापित यस विद्यालयले विभिन्न आरोह अवरोहका बीच २५औँ वर्षमा प्रवेश गरेको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यमा सुरु भएको समारोहमा विभिन्न शिक्षा क्षेत्रका विशिष्ट ब्यक्तित्व, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाविद् तथा अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको गीत, सङ्गीत, नृत्य, कविता तथा अन्य प्रस्तुतिसहित विशेष उद्घाटन समारोह आयोजना भएको थियो । समारोहमा विद्यालयमा अनवरत रूपमा लामो समयसम्म सेवा पु¥याउने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान समेत गरीएको थियो ।

त्यस्तै, विद्यालयबाट यसै वर्ष कक्षा १० र कक्षा १२ को अन्तिम परीक्षा दिएका विद्यार्थीहरूको सम्मान गरेको छ । रजत महोत्सवको अवसरमा वर्षभरि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विविध कार्यक्रम आयोजना गरिने प्राचार्य रन्जित थापाले बताए । विद्यालयले पढाई सँगै सिप विकास गर्दै शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन लागीपरेको उनको दाबी छ ।

‘२१ औँ शताब्दीको आवश्यकता अनुरूप सिप विकासमा केद्रित रहेर ज्ञान हासिल गर्न जोड दिँदै विद्यालयले अनुशासित नागरिक उत्पादन गर्दै विकासमा योगदान पु¥याएको छ’, थापाले भने, ‘यस विद्यालयले शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन कारखाना, रोवोटिक्स एसोसिएसन नेपाल, सम्भाव्य फाउण्डेसनलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग पनि सहकार्य गरेको छ ।’

LIVE TV