१६ असार २०७९, बिहीबार
  • युवराज आचार्य,

झापा । झापाको गौरादह कृषि क्याम्पसको प्रयोगशाला र क्याम्पस प्रमुखको कोठामा अनेरास्ववियुले अनिश्चितकालका लागि तालावन्दी गरेको छ ।

गौरादह नगरपालिकाको अनुदान प्राप्त माटो परीक्षण कार्यक्रमबारे जानकारी नदिइएको भन्दै अनेरास्ववियुका विधार्थीले तालावन्दी गरेका हुन् ।

अनेरास्ववियुले विहीवार क्याम्पसको प्रयोगशाला र प्रमुखको कोठामा तालावन्दी गरेको हो । अनेरास्ववियुले क्याम्पस प्रशासनबाट अपारदर्शी काम भएको भन्दै तालावन्दी गरिएको जनाएको छ ।

गौरादह कृषि क्याम्पसमा नगरपालिकाको तर्फबाट आएको माटो परीक्षणको कार्यक्रमको जानकारी यस क्याम्पसले आधिकारिक रुपमा प्रकाशन नगरेको र यस कार्यको लागि विद्यार्थीको छनौट कुनै सूचना विना शिक्षकको एकल मनोमानीको ढंगबाट गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

सो कार्यप्रति भत्सर्ना गर्दै अनेरास्ववियुले पारदर्शिताको माग पूरा नभइञ्जेलका लागि तालावन्दी गरिएको जनाएको छ ।

LIVE TV