१६ असार २०७९, बिहीबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए ।

LIVE TV