१६ असार २०७९, बिहीबार
  • महेश्वर के.सी.,

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाकाको मण्डिखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्र अन्धकारमय बनेको छ । चपलीस्थित सव–स्टेसनको ट्रान्सफर्मरमा रहेको तीन वटा सिङ्गल ट्रान्सफर्मरमध्ये एउटामा समस्या आएर विद्युत आपूर्ती बन्द हुँदा बुधबारदेखि उक्त क्षेत्र अन्धकारमय भएका हुन् ।

नोलाइट बूढानीलकण्डमा सम्पर्क गर्दा सव स्टेसनको ट्रान्सफर्मर मर्मत कार्य तीव्र रुपमा भइरहेको र मर्मत कार्यको ८० प्रतिशत काम सकिसकेको विहीबार दिउँसै जानकारी गराइएको थियो । तर, राति ९ बज्दासमेत बत्ती नआउँदा उपभोक्ताहरु मारमा परेका छन् ।

हात्तीगौडाको वखलगाउँका स्थानीयबासी ममुन के.सी.ले बुधबार दिउँसोदेखि विद्युत आपूर्ती नहुँदा दैनिक घरायसी कार्यमा निकै समस्य भएको बताए । उनले भने, ‘हिजो विहानदेखि बत्ती गएको हो । पानी तान्न, खाना पकाउनलागतयका अत्यावश्यक काममा निकै समस्या भएको छ ।’

समस्या आएको ट्रान्सफरलाई हटाइसकेको र जगेडामा भएको अर्को ट्रान्सफर जडान कार्य भइरहेको नोलाइटले विहीबार दिउँसै जानकारी गराउँदै मर्मत कार्यका लागि विज्ञ टोलीले हिजो देखि निरन्तर काम गरिरहेको बताएको थियो ।

 

LIVE TV