१६ असार २०७९, बिहीबार

काठमाडौं । काठमाडौंको ठमेलस्थित रहेको लर्ड अफ द ड्रिंक्स क्लब (एल.ओ.डी.) विश्वको ५२ औँ सर्वाेत्कृष्ट श्रेणीमा पर्न सफल भएको छ भने नेपालको नम्बर वान बन्न सफल भएको छ ।

‘डीजे म्याग टप १००’ को सूचीमा एलओडी विश्वभरको ५२ औं स्थानमा र नेपालको नम्बर वान बन्न सफल भएको जारी विज्ञप्तिमार्फत भनिएको छ ।

‘एलओडीले औपचारिक रुपमा डीजे म्याग टप १०० मा विश्व भरी ५२ औँ स्थान प्राप्त गर्न सफल भएको छ । यो उपलब्धिले एलओडी क्लबलाई नेपालको नम्बर १ क्लबको रुपमा चिनाउन सफल भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

बुधबारको पत्रकार सम्मेलनमा यसबारे बोल्दै एलओडीका संस्थापक रविन श्रेष्ठले मनोरञ्जन उद्योगीहरुका लागि एलओडीले पाएको सफलताले थप सकारात्मक उपलब्धिको प्रतिनिधित्व गरेको बताएका छन्े । उनले सम्मेलनमा भने, ‘हामी विश्वास गर्छौँ, जब क्लबिङ उद्योग आफैँ ठूलो र राम्रो हुन्छ तब हामी सबैलाई फाइदा हुन्छ । यो उपलब्धि एलओडीद्वारा हासिल भएपनि मनोरञ्जन उद्योगमा अन्य क्लब र व्यवसायीहरुको लागि सकारात्मक उपलब्धिको प्रतिनिधित्व गर्छ ।’

एलओडी २०१९ मा स्थापना भएको क्लब हो । पछिल्लो समय युवायुवतीलगायत मनोरञ्जनमा चाख राख्नेहरुका लागि एलओडी पहिलो रोजाइको क्लब बनेको छ ।

LIVE TV