
- महेश्वर के.सी.
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला पक्षको बैठक सुरु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने रणनीतिका साथ काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बिहीबार कोइराला पक्षको बैठक सुरु भएको हो ।
बैठकले सभापति देउवाले विधानअनुसार काम नगरेको विषयमा विशेष छलफल गर्ने भनिएको छ । यस्तै, भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशनलगायतका विषयमा पनि जोडतोडका साथ बैठक हुने बताइएको छ ।