१६ असार २०७९, बिहीबार

काठमाडौं । ‘बग बोस–१३’ की पूर्व प्रतियोगी शहनाज गिल आफ्नो व्यक्तिगत जीवनका कारण निकै चर्चामा रहने गरेकी छन् । उनको फ्यान फलोइङ पनि निकै उच्च छ । शहनाज गिल छिट्टै सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ बाट बलिउडमा डेब्यू गर्नेवालामा छन् ।

केही समयअघि सलमान खानका कारण शहनाजले सामाजिक सञ्जालमा ट्रोलको सामना गर्नु परेको थियो । जसमा अभिनेत्रीले अहिले आएर आफ्नो प्रतिक्रिया दिएकी छन् । वास्तवमा शहनाज गिल एक पटक सलमान खानकी बहिनी अर्पिताको ईद पार्टीमा पुगेकी थिइन् ।

उक्त पार्टीबाट बाहिरिने क्रममा उनले दबंग खानलाई अँगालो हालेर चुम्बन गरेकी थिइन् । त्यसपछि शहनाज गिलले ट्रोलर्सको सामना गर्नु परेको थियो । अहिले आएर उनले ट्रोलर्समाथि आफ्नो प्रतिक्रिया दिएकी छिन् । शहनाज गिलले भर्खरै अंग्रेजी वेबसाइट टाइम्स अफ इन्डियालाई अन्तर्वार्ता दिएकी थिइन् ।

उक्त अन्तर्वार्तामा उनले सलमान खानलाई किस गरेको बारेमा आफ्नो प्रतिक्रिया दिएका छन् । शहनाज गिलले भनेकी छन्, ‘सोसल मिडियामा चर्चित हुनुको अर्थ हो कि तपाईले धेरै माया पाउनुहुनेछ, तर यसको साथमा धेरै ट्रोलिङ पनि आउँछ । यो वास्तविकता हो र हरेक सेलिब्रेटीले यसको सामना गरिरहेका छन् । हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । अब कुन कुरामा बढी ध्यान दिने भन्ने कुरा तपाईमा भर पर्छ ।’

शहनाज गिलले थप भनिन्, ‘म सकारात्मक कुरामा मात्र ध्यान केन्द्रित गर्न चाहन्छु । जनताले मलाई कति माया दिन्छन् ? अन्य सबै नकारात्मकतालाई छाया गर्न यो पर्याप्त छ, त्यसैले मैले किन नकारात्मक पक्षलाई हेर्ने ?’

LIVE TV