१५ असार २०७९, बुधबार
  • रामगाेपाल तमखु

भक्तपुर । सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट विनियोजन भएको छ । कुल बजेटको पुँजीगततर्फ ९९ करोड ४३ लाख ५८ हजार, चालुतर्फ ७६ करोड ७५ लाख १९ हजार र सामाजिक सुरक्षा तर्फ रु १६ करोड गरि जम्मा १ अर्ब ९२ करोड १८ लाख ७७ हजार विनियोजन भएको हो ।

विनियोजित बजेटको पुँजीगततर्फ ५२ प्रतिशत, चालुतर्फ ४० प्रतिशत र सामाजिक सुरक्षातर्फ ८ प्रतिशत रहेको छ । त्यस्तै प्रस्तुत कुल बजेटमा आयतर्फ नगरपालिकाको आन्तरिक आयको हिस्सा करिव ४५ प्रतिशत रहेको छ भने संघको तर्फबाट ४७ दशमलब ५ प्रतिशत, प्रदेशको तर्फबाट ६ दशमलब ५ प्रतिशत र जिल्ला समन्वय समितिबाट १ प्रतिशत योगदान रहेको छ ।

प्रस्तुत बजेटमा क्षेत्रगत वितरणतर्फ पूर्वाधार विकासमा ५२ करोड ५० लाख ४५ हजार, मर्मत सम्भार कोषका लागि २ करोड ५० लाख, भवन निर्माणका लागि १० करोड ८० लाख, लागत सहभागिताका लागि ६ करोड, सम्पूरक योजनाका लागि १० करोड, क्रमागत योजनाका लागि ५ करोड ५० लाख, शिक्षा तथा खेलकुदका लागि २२ करोड २५ लाख, स्वास्थ्य क्षेत्रका लागि १२ करोड ३१ लख ८ हजार, कृषि तथा पशुपन्छि विकास कार्यक्रमका लागि ३ करोड २४ लाख ७९ हजार, महिला, बालबालिका, विपन्न, अपाङ्गगता र जेष्ठ नागरिकका लागि ३ करोड १५ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन (कोषको रकम सहित) का लागि ३ करोड ५७ लाख, सहकारी सम्बद्ध कार्यक्रमका लागि ३१ लाख, रोजगार सेवा केन्द्रका लागि ७५ लाख, न्यायिक समितिका लागि ३० लाख, स्वरोजगार कोषका लागि २ करोड, सामाजिक सुरक्षा, प्रशासनिक खर्च, उद्यमशिलता विकास, पर्यटन, उर्जा विकास, साँस्कृतिकलगायत विभिन्न लक्षित र क्षेत्रगत कार्यक्रमका लागि ६८ करोड ७१ लख ४५ हजार रकम विनियोग भएको छ ।

LIVE TV