१५ असार २०७९, बुधबार
  • महेश्वर के.सी.

काठमाडौं । आज अर्थात् हरेक वर्षको असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ मुलुकभर भव्यताका साथ मनाइन्छ । ‘मानो खाएर मुरी उब्जाउने दिन’को रुपमा प्रख्यात असार १५ गते (आज) पनि सदाझैँ भव्यताका साथ मनाइएको छ ।

विशेष गरी आजको दिन दही–चिउरा खाने दिनको रुपमा लिइन्छ । यसैबीच काठमाडौंको टोखाका किसानहरुले पनि दही–चिउरा खाएर खेतमा रोपाईं गरी भव्यताका साथ असार १५ मनाएका छन् । हर्षोल्लासका साथ रोपाईं गरिरहेका किसानहरुरले यो वर्षपनि मलको अभाव सदाझैँ रहेको गुनासो गरेका छन् ।

 

 

 

 

LIVE TV