१४ असार २०७९, मंगलवार

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद सुरेन्द्रराज पाण्डेले जनताले अपेक्षा गरे अनुसार संघीयताको फल पाउन नसकिएको बताए । उनले दुई तहको संघीयताको बारेमा बहस गर्ने बेला भएको बताए ।

। मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘संघीयता जुन खालको कल्पना गरेर हामीले लागु गर्ने प्रयत्न ग¥यौँ, त्यो खालको रिजेल्ट अथवा जनताको अपेक्षा अनुसार त हामीले संघको मात्र होइन प्रदेशको कार्यान्वयनको क्रियाकलाप हामीले देखेनौँ ।’

उनले फेरि भने, ‘सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउँछौँ त भन्यौँ हामीले सिंहदरबारको विकृति पनि त गाउँमा पु¥याएका छौँ नि । जुन आशा पब्लिकले गरेका थिए, संघीयताबाट त्यो कुनै प्रतिफल पाइएन भन्ने मेरो निष्कर्ष हो । म के जोड दिन चाहान्छु भन्दाखेरी अब यो तिन तहको संघीयताको आवश्यकता छ कि छैन ? दुई तहको संघीयताको बारेमा वहश गर्ने बेला भयो भन्ने मेरो निस्कर्ष हो ।’

 

LIVE TV