१४ असार २०७९, मंगलवार
  • राज दयाल,

ओखलढुंगा । जिल्लामा भन्डै ५ वर्षदेखि सञ्चालनमा रहेको नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना समापन भएको छ । USAID को आर्थिक सहयोग तथा fhi360 र सोँच नेपाल ओखलढुंगाको सहजीकरणमा सञ्चालित सो परियोजना आज (मंगलबार) एक कार्यक्रमका बीच समापन गरिएको हो ।

समापन कार्यक्रमका सहभागीले परियोजनाले नागरिक सुसासन र जवाफदेहीताको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका थिए । जिल्लाका २ स्थानीय तह चिसंखुगढी र मोलुङ गाउँपालिकामा सञ्चालित परियोजनाले जिल्लास्थित जिल्ला पैरबी सञ्जालसंग समेत सहकार्य गरेर विशेष गरी नागरीक नेतृत्व, क्षमता अभिबृद्धि, सूचनाकोे हक, सुशासन, सामाजिक जवाफदेहीताका औजारलगायतका विषयमा काम गर्दै आएको थियो ।

परियोजनाकी कार्यक्रम संयोजक सम्झना प्याकुरेलले जिल्लाका लागि परियोजना सफलतापूर्वक सम्पन्न भएको भन्दै परियोजनाले स्थानीय तहमा हुने बेथिति नियन्त्रणमा समेत सहयोग पु¥याएको बताइन् ।

कार्यक्रममा परियोजनाका जिल्ला अधिकृत बोधनारायण श्रेष्ठले परियोजनाले सञ्चालन गरेका कामहरु, सफलता, चुनौती र सिकाइका बारेमा प्रष्ट पारेका थिए ।

LIVE TV