१४ असार २०७९, मंगलवार

काठमाडौं । पछिललो २४ घण्टामा मुलुकभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७९८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३८ जना र ९ सय ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ४२६ पुगेको छ । हाल नेपालमा २ सय २९ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

LIVE TV