१४ असार २०७९, मंगलवार

भक्तपुर । युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भक्तपुर महानगरीय प्रहरी परिसरका अनुसार बलात्कार आरोपमा सूर्यविनायक नगरपालिका–२ बालकोटका २५ वर्षीय मनिष खत्रीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार खत्रीलाई सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पीडित युवतीले बलात्कार गरेको उजुरी दिएपछि जागतीस्थित प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । खत्रीलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

LIVE TV