१४ असार २०७९, मंगलवार

कास्की। पोखरा महानगरपालिकाले पोखराका तालहरुको मापदण्ड घटाउने गरेको निर्णय कार्यान्वयन नगर्ने सर्वाेच्च अदालतले आदेश दिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्धाको फैसला नभएसम्म महानगरले घटाउने निर्णय गरेका तालको मापदण्ड लागू नगर्न अन्तरिम आदेश दिएको हो ।

गत १६ चैतमा बसेको महानगरपालिकाको ५५औं कार्यपालिका बैठकले पोखराका ९ तालहरुको मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरले तालको मापदण्ड घटाउने निर्णय गरेपछि त्यसविरुद्ध अधिवक्ता खगेन्द्र सुवेदीले मुद्धा दायर गरेका थिए ।

अधिवक्ता सुवेदीले तालहरुको मापदण्ड घटाउने क्षेत्रअधिकार महानगरभित्र नपर्ने भन्दै मुद्धा दायर गरेका थिए । पोखरा महानगरको त्यस बेला बसेको कार्यपालिका बैठकले बेगनास, रुपा, दिपाङ, खास्टे, गुदे, न्यूरिनी, मैदी तालको मापदण्ड घटाउने निर्णय गरेको थियो ।

 

LIVE TV