१३ असार २०७९, सोमबार

काठमाडौं । सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिँदा ५२ वर्षीय देवकुमार सेनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थायी घर स्याङ्जा भएका सेनलाई हायसले ठक्कर दिएपछि बिएन्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालमा उपचारकोे क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट बालकुमारी जाँदै गरेको हायसले पैदलयात्रुलाई बचाउन खोज्दा अर्को ट्रकलाई ठक्कर दिँदा क्षतविक्षत भएको छ । हायसमा यात्रुहरू भने नभएको बताइएको छ ।

दुर्घटनामा हायसका सहचालक घाइते छन् भने चालक फरार छन्। प्रहरीले अहिले उनको खोजी गरिरहेको छ ।

LIVE TV