१२ असार २०७९, आईतवार
  • विनय तिम्सीना,

इलाम । इलाममा रहेका तीन वटा अश्रामको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहरी कार्यलय इलाम, सशस्त्र प्रहरीबल श्रीअन्तु गुल्म इलाम र इलाम नगरपालिकाको संयुक्त टोलीले अनुगमन गरेको हो ।

इलाम नगरपालिका–९ मा रहेको राहसल बाल गृह, इलाम नगरपालिका १० राजदूवालीमा रहेको माइभगवती बृद्ध आश्रम र इलाम नगरपालिका–८ मा रहेको कृपा मिड होम तथा पुन स्थपना केन्द्रको अनुगमन गरेको हो ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना, जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठ, शसस्त्र प्रहरीबल इलाममका प्रमुख सुरेश सापकोटा लगायतले अनुगमन गरेको थिए ।

इलाममा सञ्चालन भइरहेका यी आश्रमहरुमा केहीमा सुधार गर्नुपर्ने देखिएपनि केही राम्ररी सञ्चालन भइरहेको र सुधार गर्नु पर्ने आश्रमहरुलाई के–के सुधार गर्नुपर्ने हो ? भन्ने निर्देशन दिएको जिल्ला प्रशासन कार्यलय इलामका प्रसाशकीय अधिकृत तथा सूचना अधिकारी यादव राउतले जानकारी गराए ।

LIVE TV