१२ असार २०७९, आईतवार
  • ललिता साह,

सप्तरी । दोस्रो कार्यकालको लागि सप्तरी जिल्ला समन्वय समिति, सप्तरीमा संयुक्त गठबन्धनको प्यानल नै विजय भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका संयुक्त प्यानलका साझा उम्मेदवारहरुले विजयी प्राप्त गरेका हुन् ।

संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिव नारायण साहले २३ मत प्राप्त गरी विजय हाँहिल गरेका छन् । उनले जनता समाजवादी पार्टी र नेकपा एमालेका संयुक्त उम्मेदवार छेदी अरगरिया यादवलाई पराजित गरेका हुन् ।

त्यसैगरी उपप्रमुखमा संयुक्त गठबन्धनबाटै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका शम्भु कुमार यादव विजयी भएका छन् । यता महिला सदस्यमा रंजिता कुमारी चौधरी, सविता कुमारी साह र प्राण मोतीदेवी विजय भएका छन् ।

दलित अल्पसंख्यकमा वौहरी भगत र खुल्ला सदस्यहरुमा जागेश्वर यादव, सत्यनारायण मण्डल र बुद्धी लाल यादवले विजय प्राप्त गरेका छन् । निर्वाचित भएर आएका नौ सदस्य नयाँ कार्य समितिले आगामी पाँच वर्षसम्म जिल्ला समन्वय समिति चलाउने छन् ।

आइतबार सम्पन्न निर्वाचनमा सप्तरी जिल्लाका १८ वटै पालिकाका प्रमुख तथा उपप्रमुख गरी ३६ जना मतदाताहरुले मतदान गरेका थिए ।

LIVE TV