१२ असार २०७९, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

पुनर्गठन भएको मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य मन्त्रीमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् ।

LIVE TV