१२ असार २०७९, आईतवार

काठमाडौं । मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर नमीता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेका कम्पनीले जनाएको छ ।

बीमा क्षेत्रमा लागेको केही बर्षमै एक पछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडरद्वयलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामना साथै बिदाइ गरेको छ । सो कार्यक्रममा लिडरद्वयलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै राष्ट्रिय भावनाको प्रतिक राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरिएको थियो ।

आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बीमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताहरुको माझ उपस्थिति जनाउन गइरहेकामा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बीमा माझ प्रस्तुत गरेर बीमाक्षेत्रको बिकासमा योगदान दिन लिडरद्वयलाई अनुरोध गरे ।

बीमाकर्मी नमीता न्योपानेले आफू सदैव बीमा क्षेत्रको बिकासमा लागिरहने बताउदै यस्तो मौका सिर्जना हुने वातावरण प्रदान गरेकोमा कम्पनीप्रति धन्यवाद ज्ञापन गरिन् । रिलायन्स लाइफका अग्रणी अभिकर्ता नमीता न्यौपाने यसअघि पनि ३ पटक MDRT तथा COT को रुपमा सो कार्यक्रममा छनौट भइसकेकी थिइन् ।

अर्का अभिकर्ता कमल दाहाल दोश्रो पटक सो कार्यक्रममा छनौट भएका हुन् । सक्रिय सामाजिक अभियन्ता न्यौपाने तथा सहकारीकर्मी समेत रहेका दाहाल नेपाली बीमा क्षेत्रका उत्कृष्ट अभिकर्ता तथा धेरै बीमाकर्मीका प्रेरणाको श्रोत रहेको कम्पनीले जनाएको छ ।

LIVE TV